काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ५१ औं मिनेटमा अन्जन विष्टले आयुष घलानले ८५ औं मिनेटमा गोल गरे ।
यस्तै खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गरे । खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गरेपनि हार टरेन । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध