काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताएका छन् ।
दोधारा चाँदनीमा आज नेपाली कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उनले चुनाव जित्नका लागि मात्रै राजनीति गर्नु नहुने बताए
राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । “कांगे्रस हार्दा विकास हार्दोरहेछ तपार्इंहरुले देखिसक्नुभयो, हामी हारेकामा चिन्ता छैन । विकास हारेकामा चिन्ता छ”, उनले भने, “दोधारा चाँदनीका जनतासमक्ष जुन प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा गरेर देखाएका छौँ, अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौँ । गर्नुपर्ने अझै धेरै छ । त्यो पनि पूरा गर्छौं । जे बोल्छौँ । त्यो पूरा गरेर छाड्छौँ ।”
सुक्खा बन्दगाह, चारलेनको पुल निर्माणको कार्यले गति लिएको उल्लेख गर्दै उहाँले सुक्खा बन्दरगाह जोड्ने सडकलाई महाकाली राजमार्गसँग जोडेर सुदूरपश्चिम क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने बताउनुभयो । दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र ठूलो नाकाका रूपमा विकसित हुने उहाँले बताए ।
विगतको सरकारले संविधान भत्काउने, प्रतिनिधिसभा विघटन गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने कार्य मात्रै गरेको उहाँले बताए । विकास र समृद्धिका नारा दिइए पनि कुनै पनि देश निर्माणका कार्यहरु अगाडि बढ्न नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ असोज २०७८, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा जवाफ दिँदै गृहमन्त्री
विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक