एजेन्सी । फुमिओ किशिदाले जापानको नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन। योशिहिदे सुगाले पदसम्हालेको एक बर्षमा राजीनामा दिएपछि किशिदा जापानको नयाँ प्रधानमन्त्री बनेका हुन । ६४ वर्षीय किशिदाले गत हप्ता जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वको दौड जितेका थिए।
नवनियुक्त प्रधानमन्त्री किशिदालाई उत्तर कोरियाले दिने चुनौति र कोभिड महामारीले निम्त्याएको आर्थिक सुधारका पक्षको सामना गर्नु पर्ने बताइएको छ । कोभिड महामारीकै बीचमा टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि धुमिलिएको पार्टीको छबी सुधार गर्नु पर्ने दायित्व पनि उनको काँधमा आएको छ ।
प्रधानमन्त्री किशिदाले आगामी निर्वाचनसम्म मुलुकको नेतृत्व लिनेछन। उनले ३१ अक्टोबरभित्र चुनावको लागि आह्वान गर्ने अपेक्षा गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री किशिदाले मुलुकमा नयाँ सुरुवात भएको बताउँदै भविष्यका चुनौतिहरुको सामना गर्न आफुसँग दृढ इच्छाशक्ति रहेको बताएका छन ।
लामो समयदेखि प्रधानमन्त्री पदको तयार थाल्नु भएका किशिदा अघिल्लो बर्षको चुनावमा सुगासँग पराजित भएका थिए ।प्रधानमन्त्री पद सम्हालेलगत्तै किशिदाले थुप्रै नयाँ अनुहारसहित मन्त्रिमण्डल विस्तार गरेका छन भने महत्वपूर्ण मन्त्रालयमा निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् ।
पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् । अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ । त्यस्तै मन्त्रिपरिषदमा तीन महिला समावेश गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ असोज २०७८, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित