काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको हो ।
प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरै अग्राधिकार प्राप्त उक्त रिटको सुनुवाइ तोकिएको छ । जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै न्यौपानेले अख्तियारविरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।
बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियारले थुप्रैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने निर्णयमा संलग्न तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी