अफगानिस्तान । अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिबान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् ।
तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छन् ।
इस्लामिक स्टेटमाथि आशंका
यस हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । यद्यपी, इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान लगाइएको छ । यो संगठन अफगानिस्तानमा तालिबानको प्रतिद्वन्द्वी संगठन हो । नंगरहार प्रान्तमा यसको उपस्थिती बलियो छ । आईएसले यसअघि पनि तालिबानविरुद्ध धेरैपटक हमला गरिसकेको छ ।
१५ अगस्टमा तालिबानले अफगानिस्तानको राजधानी शहर काबुल कब्जा गरेको थियो । त्यसअघि नै उसले बाँकी इलाका आफ्नो कब्जा लिइसकेको थियो । काबुल कब्जा हुनासाथ राष्ट्रपति असरफ घानी देश छाडेर कतार भागेका थिए । अगस्टको समाप्तिमा अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ आफ्नो नयाँ सरकार गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ असोज २०७८, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट