एजेन्सी । इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त अघि सारेको छ। इरानको परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो ।
तर, अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका थिए। राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई पुनः आवद्ध गर्ने प्रयास जारी राख्नुभएको बेला इरानले यो शर्त अघि सारेको हो ।
इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ता निम्ति अमेरिकी अधिकारीहरू अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिरहेको तर आफूले अमेरिकी पक्षबाट रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको जानकारी दिएका छन् ।
अमेरिकाले रकम फुकुवा गरे सो कदमलाई इरानले सद्भावना संकेतका रूपमा लिने हुसेनको भनाइ छ । अमेरिकाले सीधा वार्ता गर्नका लागि गरेको प्रस्तावलाई पनि इरानले अस्वीकार गरेको छ । गत जुनदेखि अप्रत्यक्ष वार्ता पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा