काठमाडौँ । नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा शेखर कोइराला निकट (पौडेल पक्षधर) का दीपक चापागाईं निर्वाचित भएका छन्।आइतबार बिहान आएको मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन्।
सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए। उनीहरू दुबै जना शेखर कोइराला पक्षका हुन्। कोइराला पक्षका धेरै उम्मेदवार उठ्दा आफूहरूलाई फाइदा पुग्ने सभापति देउवा पक्षको आँकलन थियो। तर त्यो अनुमान फेल खाएको छ। यो चुनाव बाट कांग्रेसका प्रभावशाली नेताहरु शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, सुजाता कोइराला, अमृत अर्याल लगायतको गृहनगरमा कोइराला र आचार्य समूहको दबदबा फेरि कायम भएको हो।
यसैगरी महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भए। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार