काठमाडौँ । नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा शेखर कोइराला निकट (पौडेल पक्षधर) का दीपक चापागाईं निर्वाचित भएका छन्।आइतबार बिहान आएको मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन्।
सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए। उनीहरू दुबै जना शेखर कोइराला पक्षका हुन्। कोइराला पक्षका धेरै उम्मेदवार उठ्दा आफूहरूलाई फाइदा पुग्ने सभापति देउवा पक्षको आँकलन थियो। तर त्यो अनुमान फेल खाएको छ। यो चुनाव बाट कांग्रेसका प्रभावशाली नेताहरु शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, सुजाता कोइराला, अमृत अर्याल लगायतको गृहनगरमा कोइराला र आचार्य समूहको दबदबा फेरि कायम भएको हो।
यसैगरी महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भए। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो