काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई र बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमाथि कटाक्ष गरेका छन् । खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो राखेर गरिएको तडक–भडक एवं कार्यकर्ताले गरेको स्कटिङप्रति डा भट्टराईले निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन् । लेखक संग्रौलाले ‘कम्युनिस्टका नामको कलंक’ भनेर कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी डा भट्टराई लेख्छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’
त्यसैगरी साहित्यकार खगेन्द्र संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली । ६ हजारको भीडमा एक राजा, अरू प्रजा एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्निस्ट नामको यो कलङ्क !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता