एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्ने

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १४ : ०१
एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्ने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  उनकाअनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नेछन् । सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन्, उनले भने ।  

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ । दस्तावेजहरुमाथि माथि छलफल गर्न हिजै १० वटा समूह गठन भएका थिए । एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई सहभागि छन् । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस