काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन, एक्लैले बहुमत ल्याउँछ : गगन थापा

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १३ : ४७
काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन, एक्लैले बहुमत ल्याउँछ : गगन थापा

file Photo

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।

काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे।

उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्याए । ‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ। त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ।’

उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन। एक्लैले बहुमत ल्याउँछ।’ नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।

अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस