काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।
काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे।
उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्याए । ‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ। त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ।’
उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन। एक्लैले बहुमत ल्याउँछ।’ नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।
अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा