इलाम । पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।
राजमार्ग अवरुद्ध भएपछि सवारीका साधन आउजाउ बिहानैदेखि बन्द छन्। राजमार्गको बाँकी आधार भागसमेत निरन्तर झरिरहेकाले सवारी साधन आउजाउ बन्द गरिएको हो। पानी नै नपरेका बेला आज ९शनिबार० बिहान सवा ६ बजेतिर पहिरो झरेको स्थानीय सुरेश पोर्तेलले जानकारी दिए।
यो स्थानमा राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिरछेउसम्म जोखिम बढेको छ।
राजमार्ग अवरुद्ध हुनेगरी पहिरो झरेको ठाउँमा तल्लोपट्टि पनि अग्लो भिर रहेकाले पुनः राजमार्ग सञ्चालन गर्न निकै समय लाग्ने देखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सई योगेन्द्र दाहालले जानकारी दिए। पहिरो झरेपछि पानी पर्न सुरु भएकाले यो भाग अझै बगेर जाने देखिएको उनले जनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते