काठमाडौं । एमालेको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् ।
कुल ३८ पृष्ठ लामो सङ्गठनात्मक प्रस्तावमा अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ ।
पोलिट्ब्युरो र वरिष्ठ नेताको पद हटाइएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहने व्यवस्था गरिएको छ । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक र सचिव छ जना रहने व्यवस्था गरिएको छ ।
त्यस्तै पदाधिकारी १३ सहित २२५ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव गरिएको छ । यस्तै प्रदेश कमिटीका अध्यक्षहरू पदेन रूपमा केन्द्रीय कमिटी सदस्य हुने प्रस्ताव प्रस्तुत गरिएको छ ।
एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्थासमेत राखिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ असोज २०७८, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह