काठमाडौं । एमालेको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् ।
कुल ३८ पृष्ठ लामो सङ्गठनात्मक प्रस्तावमा अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ ।
पोलिट्ब्युरो र वरिष्ठ नेताको पद हटाइएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहने व्यवस्था गरिएको छ । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक र सचिव छ जना रहने व्यवस्था गरिएको छ ।
त्यस्तै पदाधिकारी १३ सहित २२५ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव गरिएको छ । यस्तै प्रदेश कमिटीका अध्यक्षहरू पदेन रूपमा केन्द्रीय कमिटी सदस्य हुने प्रस्ताव प्रस्तुत गरिएको छ ।
एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्थासमेत राखिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ असोज २०७८, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
एमाले केन्द्रीय कमिटी बैठक सुरु