दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताएका छन् । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुँदै उनले पार्टीले वडास्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गरिरहेको उल्लेख गरे।
लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । ‘लोकतान्त्रिक अभ्यास अवलम्बन गरकै कारण कांग्रेसप्रति आकर्षण बढेको छ’, उनले भने । कांग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्दै उनले लोकतन्त्रमाथि कसैले आघात पु¥याउन खोजे त्यसको प्रतिकार गर्ने बताए ।
“कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका सदैव लडिरहन्छ,” पौडेलले भने, “कांग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।” पार्टीँसँगै समाजलाई लोकतान्त्रिकरण गर्ने अभियानमा आफू लागि परेको उनले स्पष्ट पारे । क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडलको भनाइ छ । नेताभन्दा पार्टी बलियो हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र देखिएको मतभेद संवादमार्फत समाधान गर्न प्रवक्ता चालिसेको सुझाव
समानान्तर गतिविधिले कांग्रेस संकटमा : गगन पक्ष कारवाही मोडमा
सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल
देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई काँग्रेसले फिर्ता बोलाउने
ओली र लेखक पक्राउ पर्दा कांग्रेसमा विज्ञप्तिको जात्रा