ब्राजिलियन गोलरक्षक जुलियो सेजरको सन्यास

आइतबार, ०९ बैशाख २०७५, १७ : २७
ब्राजिलियन गोलरक्षक जुलियो सेजरको सन्यास

एजेन्सी- ब्राजिलका पूर्व गोलरक्षक जुलियो सेजरले सबै खाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन् । ब्राजिलको सिरी ‘ए’ अन्र्तगत आइतबार बिहान भएको खेलपछि सेजरले सबैखाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका हुन् ।

सेजर हाल सिरी ‘ए’ टोली फ्लामेंगोमा आबद्ध थिए । उनको टोलीले अमेरिका मिनेरोलाई २–० ले पराजित गरेको थियो । सेजर छोटो समयको लागि फ्लेमिङ्गोमा आबद्ध हुन पुगेका थिए । सेजरले फ्लेमिङ्गोबाट नै आफ्नो खेल जीवनको शुरु वात गरेका थिए । १९९७ देखि २००५ सम्म फ्लामेंगोमा बिताएका सेजरले त्यसपछि इटालीमा ७ वर्ष बिताए ।

इटालियन क्लब इन्टर मिलानका पूर्व गोलरक्षक समेत रहेका ३८ वर्षीय सेजरकै उत्कृष्ट प्रदर्शनमा इन्टर सन् २०१० मा युएफा च्याम्पियन्स लिग जित्न सफल भएको थियो । इन्टर मिलानमा ७ वर्ष बिताएका सेजरले क्लबका लागि २०० क्याप जितेका छन् । त्यसपछि दुई सिजन इंग्लिस क्लब क्वीन्स पार्क रेन्जर्समा बिताएका सेजर टोरन्टो हुँदै पोर्चुगिज क्लब बेन्फिकाबाट पुन फ्लामेंगोमै फर्किएका थिए ।

सेजर सन् २००४ देखि सन् २०१४ सम्म ब्राजिलियन राष्ट्रिय टिममा रहन सफल भए । उनले यसक्रममा ८७ क्याप जिते । ब्राजिलले सन् २००४ को कोपा अमेरिका कप, २००९ र २०१३ को फिफा कन्फेडेरेसन कपको उपाधि जित्दा सेजर टिमको पहिलो रोजाइका गोलरक्षक थिए । उनले केही व्यक्तिगत अवार्डहरु पनि जितेका छन् । सन् २०१३ को फिफा कन्पेडेरेसन कपमा सेजरले गोल्डेन बुट जित्न सफल भएका थिए । सेजर सन् २००९/१० को सिजनमा सिरी ‘ए’ र युएफा क्लबका लागि उत्कृष्ट गोलरक्षक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस