महाधिवेशनमा पोष्टर लगाएर तडकभडक नगर्ने बताएको एमालेको पानीको बोतलमा समेत ओलीको तस्वीर

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १५ : १६
महाधिवेशनमा पोष्टर लगाएर तडकभडक नगर्ने बताएको एमालेको पानीको बोतलमा समेत ओलीको तस्वीर

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन गोदावारीमा जारी रहेको छ । महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ ।

विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । ओलीलाई स्कर्टिङमा लग्नेदेखि कार्यकर्तालाई विभिन्न प्रकारका खानाका परिकार व्यवस्था गरिएको छ । यसैक्रममा महाधिवेशन स्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ । 

एमाले नेताहरु प्रचारभोगी भएको यो पहिलो पटक भने होइन । यसअघिका पार्टीका ठुला बैठकमा पनि ओलीको प्रचार गरिदैँ आइएको छ । 

बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ । साथै, दुई सय २५ सदस्यीय केन्द्रीय संरचना प्रस्ताव गरिएको छ । आजै सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस