काठमाडौँ ,। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पीसीआर रिपोर्ट निगेटिभ आएको छ। उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री नेपालको आज गरिएको परीक्षण रिपोर्ट निगेटिभ आएको अस्पतालले जनाएको छ। नेता नेपाल सामान्य ज्वरो, वान्ता आउने, पेटमा गडबढी, छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनी शिक्षण अस्पतालको बेड नं ५०१ मा भर्ना भएका छन्।
उनको ‘इलेक्ट्रोलाइट सोडियम लेभल’ मा सुधार आएको, शरीरको तापक्रम, रक्तचाप सामान्य रहेको तथा सिजनल भाइरल फिभर सम्बन्धीउपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु