काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद खुलाउने भए सरकारले आफूहरुसँग सीधा वार्ता गर्नुपर्ने अडान लिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै एमाले सांसदहरुले सरकारले संवाद नै नचाहेको आरोप पनि लगाएका छन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना मुद्दालाई सम्बोधन गरेर सिधा संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए। भट्टराईले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताए। उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन, संविधान विपरीत, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए।
‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन, उनले भने, ‘त्यो जरुरी हामी ठान्दैनौँ, सीधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ, त्यसकारण आजको बैठकमा हामी गएनौँ, मूल कुरा हाम्रो आपत्ति भनेको संसदको सभामुख व्यवहारप्रति हो।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद खुलाउने भए सरकारले आफूहरुसँग सीधा वार्ता गर्नुपर्ने अडान लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?
अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी
संखुवासभामा एमालेको अग्रता कायमै, पच्छ्याउँदै रास्वपा
कैलाली-५ मा एमालेसहित १२ उम्मेदवारको धरौटी जफत