काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठक जारी राख्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताएका छन्।बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठकमा उनले संसद्को गतिरोध अन्त्यका लागि एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन्।
बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सम्पर्क गरेर छलफल अगाडि बढाउने प्रतिबद्धता जनाएको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको थियो। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संसद सञ्चालनका लागि प्रधानमन्त्री देउवाले संवाद अघि बढाउने बताएको जानकारी दिइन्।
‘बैठकको मुख्य एजेन्डा संसद सञ्चालनबारे थियो’, उनले भनिन्, ‘हामीले संवादका लागि पहल जारी राख्ने सुझाव राख्यौं। प्रधानमन्त्रीज्यूले पनि संवादलाई अघि बढाउँछु भन्नुभयो।’ बैठकमा संसद सञ्चालनमा देखिएको अवरोध हटाउने विषयमा छलफल भएको बताइएको छ।
बैठकमा प्रधानमन्त्री देउवा, सरकारका प्रवक्ता कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा
प्रधानमन्त्री ओली र देउवाबीच छलफल
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने देउवाको प्रतिबद्धता
ओली र देउवाबीच भेटवार्ता
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा