काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका नेता रेसेप तैयप एर्दोगानसँगको वार्तामा तयारी हुँदैगर्दा बुधबार मस्को र अङ्काराले क्षेत्रीय सुरक्षाका लागि ‘सम्झौता’ खोज्ने क्षमताको रहेको बताए ।
उनले भने, “रूस र टर्कीले ऐतिहासिक रूपमा जटिल सम्बन्धहरू राखेका छन् । यसले क्षेत्रीय प्रतिस्पर्धाहरूलाई सन्तुलनमा राखेको छ र आर्थिक तथा रणनीतिक हितहरूमा साझा आधार पत्ता लगाएका छन् ।”
पुटिनले सोचीको ब्ल्याक सी रिसोर्ट शहरमा आफ्नो निवासमा सीमित पत्रकारहरूको उपस्थितिमा भन्नुभयो, “वार्ता कहिलेकाहीं कठिन हुन्छ तर यसबाट अन्त्यमा सकारात्मक नतिजा प्राप्त हुनसक्छ ।” दुई देशले ‘दुवै पक्षका लागि अनुकूल सम्झौता गर्न सिकेको छन्’ भन्दै वार्ताबाट सकारात्मक नतिजा निस्कनेमा विश्वास व्यक्त गरे ।
आफ्ना रूसी समकक्षीसँग नियमित भेट हुने भन्दै एर्दोगानले टर्की र रूसले सम्बन्धलाई बलियो बनाइराख्नु दुवै मुलुकका साथै क्षेत्रीय सुरक्षा सन्तुलनमा आवश्यक हुने पुष्टि गरे ।
विगतमा पनि पुटिनसँग निरन्तर भेट तथा वार्ता गर्दै आउनुभएका एर्दोगानले भन्नुभयो, “सिरियासँग सम्बन्धित बिषयमा हामीले लिएका कदमहरू अत्यन्तै महत्वपूर्ण छन् ।” “त्यहाँको शान्ति टर्की–रूस सम्बन्धमा निर्भर छ ।”
उनीहरूको द्वन्द्वको बावजुद, मस्को र पश्चिम तथा अङ्काराको नाटो सहयोगी राष्ट्रहरूसँग पछिल्लो समय विवादित सम्बन्धका कारण हालका वर्षहरूमा यी दुई देशहरू नजिक भएका छन् । हालैका वर्षहरूमा यी दुई शक्तिहरूबीच खासगरी सिरियाका बिषयमा विवाद रहँदै आएको छ । मस्को र अङ्काराले सिरियाली गृहयुद्धमा परस्पर विरोधी शक्तिहरूलाई समर्थन दिँदै आएका छन् ।
अर्मेनिया र अजरबैजानबीच भएको द्वन्द्वमा गत वर्ष टुक्रिएको क्षेत्र नागोर्नो–काराबाखको बिषयमा पनि तिनीहरूबीच भिन्नता देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १३ असोज २०७८, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले पुटिनलाई किन भने ‘पागल’ ?
पुटिनद्वारा युक्रेनसँग 'प्रत्यक्ष वार्ता' को आह्वान गरे, १५ मेको मिति प्रस्ताव
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिनसँग भेट्न जेलेन्स्कीको सर्त
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार: पुटिन
सी र पुटिनबीच भिडियो वार्ता