काठमाडौं । फर्जी नामावली र बील भरपाई खडा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा उदयपुरका तत्कालीन पाँच गाविससचिवहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उदयपुरको साविक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेकाहरूको लगत कट्टा नगरी पाँच वर्षसम्म नक्कली बीलभरपाइ बनाएर १६ लाख ४० हजार ५ सय हिनामिना गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार तत्कालीन सचिव रही हाल मालपोत कार्यालय उदयपुरका नासु केशवप्रसाद आचार्य, हाल रौतामाई गाउँपालिका( ७ का वडासचिव लोकेन्द्र कार्की, हाल तथ्यांक कार्यालय, उदयपुरमा कार्यरत खरिदार विशाल सुन्दास, हाल रौतामाई गाउँपालिकाका अधिकृत माधवप्रसाद खतिवडा र हाल अवकासप्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलविरुद्ध छुट्छुट्टै बिगो दावीसहित मुद्दा दायर गरिएको हो ।
उनीहरूले गाविसमा ८ र १० वर्ष अगाडिदेखि मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्तावापत रकम निकासा गरी दुरुपयोग गरेको उजुरीको आधारमा छानविन गर्दा दोषी देखिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।
‘उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आव ०६३ र ०६४ देखि आ।व। ०७१र०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरूको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६ लाख ४० हजार ५०० हिनामिना गरेको देखिन आएको’ अख्तियारले विज्ञप्ति निकालेर जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोड आठ लाख बढीको भ्रष्टाचार मुद्दा
सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा