सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' मा

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १३ : ०५
सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' मा

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेुमा राखिएको छ । अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी चढेको थियो ।

तर सुनुवाइ नै सुरु नगरी सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेु आदेश भएको हो ।सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या अभियोगमा सभामुख सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्चमा लामो समयदेखि विचाराधीन छ । पटकपटक पेसी चढे पनि सुनुवाइ सर्दै आएको छ ।

सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायतले छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस