काठमाडौं । सेप्टेम्बर महिनामा कोरोना भाइरसको संक्रमण दर ८.३ प्रतिशत मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना परीक्षण गरिएका मध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र संक्रमण रहेको जनाइएको छ ।
अगस्ट महिनामा १३.६ प्रतिशत रहेकामा सेप्टेम्बर महिनामा त्यो झरेर ८.३ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन् ।
अगस्ट महिनामा २४.५ प्रतिशतले पहिलो मात्रा र २०.५ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै