जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले धार्मिक पर्यटनको सम्भावना बोकेको प्रदेश २ मा पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण गर्नुपर्ने बताएका छन्।
मंगलबार होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष यादवले धार्मिक र एतिहासिक पर्यटनले विश्वभरिमै पर्यटनको ठूलो हिस्सा ओगटेकोले यस प्रदेशमा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनको लागि प्रदेशका मुख्य धार्मिक तथा एतिहासिकस्थलहरुमा विकास निर्माणको काम सुरु गरिसकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढ्ने बताए।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साहले पर्यटकीय विकासमा रकमको आभाव हुन नदिने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असोज २०७८, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै