कांग्रेस अधिवेशन : ललितपुरमा देउवा पक्ष बलियो

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १२ : ४१
कांग्रेस अधिवेशन : ललितपुरमा देउवा पक्ष बलियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरमा भएको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको हो । ६ पालिकामध्ये चारमा देउवा पक्ष विजयी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दुई जनाले पालिकाको नेतृत्व पाएका छन् । तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

CG Developers Tansen Cement box

बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन् । बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । कोञ्ज्योसोम गाउँपालिक, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदानबाट नेतृत्व चयन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस