सिओई प्राप्त विद्यार्थीहरुलाई सेन्ट्रल कलेजको बधाई तथा शुभकामना

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १९ : ०५
सिओई प्राप्त विद्यार्थीहरुलाई सेन्ट्रल कलेजको  बधाई तथा शुभकामना

चितवन । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरले जापानमा उच्च शिक्षाको लागि जुलाई तथा अक्टुबर इन्टेक २०२१ मा अप्लाई गरी सिओई प्राप्त विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेलले सिओई प्राप्त विद्यार्थीहरुलाई खादा लगाएर उच्च शिक्षाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । कलेजले  अभिमुखिकरण कार्यक्रम पनि गरेको थियो । होटेल रेड कार्पेटमा गरिएको कार्यक्रम सेन्ट्रल कलेजकी सिईओ शारदा शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

जापानीजहरुको प्रत्यक्ष संलग्नता सेन्ट्रल कलेज संचालन भइरहेकाले नेपालकै सबै भन्दा बढी विश्वासिलो, सफल र ठूलो कन्सलटेन्सीको रुपमा परिचित सेन्ट्रल कलेजले विद्यार्थीहरुको आर्थिक अवस्था तथा मनोभावना बुझेर उच्च शिक्षाका लागि जापानका विभिन्न कलेजहरुको बारेमा परामर्श दिदै आएको छ ।

भविष्यमा जापानमा पनि आफ्नै कन्सल्टेन्सी तथा मेनपावार छिट्टै संचालनमा ल्याई जापान गएका विद्यार्थीहरुलाई रोजगारीको लागि पनि सहयोग गरिने कलेजका प्रिन्सिपल पौडेलले बताए । विगतलामो समयदेखि सयौं विद्यार्थीहरुलाई जापान पठाउँदै आएको कलेजले जापानको विभिन्न शहरहरुमा रहेका कलेज तथा युनिर्भसिटिहरुमा सिधा सम्पर्क गर्दै यस कलेजले विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श दिँदै आइरहेको छ । आउँदो २०२२ अप्रिलतथाजुलाई इन्टेकको लागिनयाँविद्यार्थीहरुको भर्ना खुलेको कलेजका प्रिन्सिपलले जानकारी दिए ।  

विद्यार्थीहरुलाई भाषामा दक्ष बनाउनका लागि जापानमा अध्ययन पुरा गरी आएका दक्ष सेनसेईहरुबाट तथा जापानिज सेनसेईबाट कक्षा संचालन भइरहेकाले विद्यार्थीहले विभिन्न परीक्षामा उत्कृष्ट अङक ल्याउन सफल भएका छन् । सेन्ट्रल कलेजका विद्यार्थीहरु जापानका कलेज, इमिग्रेसन, एम्बेसीका अन्तरवार्ताहरुमा सजिलै सफल भएको अनुभव पौडेलले सुनाए ।

विगत १२ वर्षदेखि विशेष गरी उच्च शिक्षाको लागि जापानको लागि काम गर्दै आएको यस कलेजको मुख्य कार्यालय पुतली सडक काठमाडौंमा रहेको छ भने नारायणगढ, कावासोती, बुटवल, पोखरा, हेटौंडालगायत देशका १० भन्दा बढी शहरहरुमा शाखा कार्यालयहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस