काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) बाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेर पठाएको छ ।
नेकपा एसका एक नेताले दिएको जानकारीअनुसार आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्ने ६ मन्त्रीको सूची बुझाएका छन् ।
उनका अनुसार देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा मन्त्री भइसकेका एक जना पूराना सांसद छन् । उनी हुन्, प्रेमबहादुर आले । तत्कालीन ओली सरकारमा रहँदा वनमन्त्री रहेका थिए ।
आलेसँगै मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ रहेको ती नेताले नाम टिपाएका छन् । आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने