दल विभाजनसम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा विवाद

पत्रपत्रिकाबाट

सोमबार, ११ असोज २०७८, ०७ : ५१
दल विभाजनसम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा विवाद

काठमाडौं । सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।

मन्त्रीमण्डल विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफल पनि सहमतिमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूलाई तत्काल मन्त्रीमण्डल विस्तारमा सहयोग गर्न आग्रह गरेका थिए । तर, जसपाले भने राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो ।

जसपाका नेता महेन्द्र राय यादवले बालुवाटारमा भएको छलफलमा राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निस्क्रिय बनाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।