अफ्रिदीको खेलबाट मैले धेरै सिक्छु : सन्दिप लामिछाने

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १९ : १२
अफ्रिदीको खेलबाट मैले धेरै सिक्छु : सन्दिप लामिछाने

काठमाडौँ । पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली काठमाडौ किंग्स एलाभेनका कप्तान सन्दीप लामिछानेले पाकिस्तानी स्टार अलराउण्डर साहिद अफ्रिदीको खेलबाट आफूले धेरै सिक्ने बताएका छन् ।

उनले अफ्रिदी नेपालमा आएर इपीएल खेल्नु नेपाली क्रिकेटका लागि राम्रो सन्देश भएको बताए । अफ्रिदी अनुभवी खेलाडी भएकाले पनि आफुहरुको लागि उनको अनुभव मुल्यवान हुने र अझै सिक्ने माध्यम भएको बताए। शाहिद अफ्रिदीले काठमाडौं ११ नै छान्नु नै आफुहरुका लागि ठूलो अवसर भएको उनले बताए। टोलीमा अफ्रिदी हुँदा धेरै कुरा फरक पर्ने लामिछानेको भनाइ थियो। 

अफ्रिदीले इपीएलमा दुई खेल मात्र खेल्नेछन्। पहिलो खेलमा कमजोर बलिङ गरेका अफ्रिदीले ब्याटिङको मौका भने पाएनन्। अफ्रिदीले आफ्नो स्पेलमा ३२ रन खर्चे। छैटौँ ओभरमा बलिङमा आएका अफ्रिदीले १४ रन दिए। आठौँ ओभरमा ३, १४ औँ ओभरमा १० तथा १६ औँ ओभरमा ६ रन दिए।  इपीएलको उद्घाटन खेलमा काठमाडौले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको छ। 
 

प्रतिक्रिया दिनुहोस