बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए ।
जिल्ला भेला आयोजक कमिटीको संयोजक बनेका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।
त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेशागत महासङ्घमा रीता राना र अखिल नेपाल महिला सङ्घ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०९ असोज २०७८, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी, झाँक्रीमाथि होला त कारबाही ?
एकीकृत समाजवादीको बैठक बस्दै, झाँक्रीको स्पष्टीकरणबारे छलफल