दार्चुला । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक जनालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ ।
चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय एक पुरुषलाई ३ अप्रिल २०२१ मा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले लेखेको छ ।
गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए ।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसीको सजाय सुनाएको हो । भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार उक्त सजाय सुनाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ असोज २०७८, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ
छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ