सुर्खेत । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये शनिबार ६२ वटा स्थानीय तहमा नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि पालिकास्तरीय अधिवेशन हुँदै छन् ।
कर्णालीका ७९ स्थानीय तहमध्ये सुर्खेतका नौ र डोल्पाका आठ गरी १७ स्थानीय तहबाहेकका अन्य ६२ वटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन हुन लागेका हुन् ।
कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन सम्पन्न भएका जाजरकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु र हुम्लाका ६२ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन हुन लागेका हुन् ।
पालिकास्तरीय अधिवेशनमा केही जिल्लामा सर्वसम्मत र केही जिल्लामा चुनावी प्रतिस्पर्धा हुने संम्भवना रहेको नेपाली कांग्रेस कालिकोट जिल्लाका सभापति हर्षबहादुर बमले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
गैरआवासीय मधेसी सङ्घ कतारको महाधिवेशन सम्पन्न, ३८ सदस्यीय समिति गठन
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु