कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १५ : ५४
कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपडेट गरी ‘केएस डीजी’ वालेट खेल्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् । डिजिटल वालेट खोल्न एपमा फेर रिड गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस