काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो ।
गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ