अर्थमन्त्रालयको प्रष्टोक्ति : स्यानिटरी प्याडमा कर बढाईएको छैन

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १२ : ४७
अर्थमन्त्रालयको प्रष्टोक्ति : स्यानिटरी प्याडमा कर बढाईएको छैन

काठमाडौं। सरकारले महिलाले महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नगरिएको स्पष्ट पारेको हो ।

आयातित स्यानिटरी प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । जुनसुकै पदार्थका स्यानिटरी टाबेल प्याड र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रुमाल न्याप्किन लाइनर तथा यस्तै, सामानमा कुनै पनि कर वृद्धि नगरिएको राजस्व सचिव कृष्णहरि पुष्करले बताए । उनका अनुसार देशभित्र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएकाले यसमा कुनै  कर वृद्धि नभएको उल्लेख गरे ।

गत २५ भदौमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७८  र आर्थिक अध्यादेश, २०७८ मासमेत ती सामग्रीमा कर थप नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति छ।

प्रतिक्रिया दिनुहोस