काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ ।
विभिन्न प्रस्ताव र प्रतिवेदनमाथि आज र भोली दुई दिन छलफल गरेर पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।
एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
एमाले केन्द्रीय कमिटी बैठक सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित