काठमाडौँ । बजेटसम्बन्धी प्रतिस्थापन विधेयक संसद्बाट पास भएसँगै नौ दिनदेखिको ‘बजेट होलिडे’ अन्त्य भएको छ।
चालु आर्थिक वर्ष ०७८/७९ को बजेटसम्बन्धी प्रतिस्थान विनियोजन विधेयक संसद्का दुवै सदनबाट पारित भएर बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको छ।
सरकारले अब शुक्रबारबाट नियमित प्रक्रियाबाट बजेट खर्च गर्न पाउँनेछ। विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक संसद्बाट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारले सरकारी ढुकुटीबाट रकम खर्च गर्न पाएको थिएन।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरे पनि मुलुक बजेटविहीन भएको भन्दै सरकार पक्षले विधेयक पास गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन्। सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार नै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए।
विनियोजन विधेयक पास भएर बिहीबार प्रमाणीकरण भएकाले शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए।
‘विनियोजन विधेयक पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण पनि भइरहेको छ,’ आचार्यले बिहीबार साँझ नागरिकसँग भने, ‘आजै (बिहीबार) राजपत्रमा प्रकाशित हुन्छ। शुक्रबारबाट बजेट खर्च गर्ने बाटो खुल्छ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ असोज २०७८, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटलाई जनमुखी बनाउन एमाले शीर्ष नेताहरूको सुझाव
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत