काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्।
आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ।
दुईदुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्।
एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसहित अभिव्यक्ति दिइरहेका बेला बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसिएलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ असोज २०७८, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली