काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन्।
काभ्रेको पाँचखालमा बिहीबार आयोजित वाईसीएल भेलामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘तपाईंहरू, काभ्रे जिल्लामा ७० करोडको कथा त सुन्नुभएकै छ। ७० करोडवाला कुरा प्रमाणित रुपले आयो।’ उनले एउटा कार्यकर्ता भेलामा केपी र आफू सँगै रहेको प्रसंग उल्लेख गर्दैै भने, ‘मैले यस्ता बेथिति र विकृतिहरुलाई त रोक्नपर्छ भनेर बोलें।
उनले चाहिँ हैन उसको (गोकुल बाँस्कोटाको) गल्ती नै छैन, अर्काले षड्यन्त्र गरेको हो भनेर बचाए। जहाज ल्याउने कुरा, त्यसैमा भ्रष्टाचार, यती तपाईंहरुले सुन्नुभएको छ। ओम्नी तपाईंहरुले सुन्नुभएको छ। ७० करोड तपाईंहरु नै भुक्तभोगी हुनुहुन्छ। देखिराख्नुभएको छ।’
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। काभ्रे बाँस्कोटाको गृह जिल्ला हो। ओलीले आफ्नो कार्यकालमा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर सुन्दा निकै राम्रो अभिव्यक्ति दिए पनि सधैं भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भनाइ दाहालको थियो।
आफूले दुई दुई पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा भ्रष्टाचार शब्द पनि कसैले उच्चारण गर्न नसकेको दाबी गर्दै दाहालले ओलीको कार्यकालमा भ्रष्टाचारबाहेक केही नभएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’