स्पेनको ला पाल्मा टापुमा ज्वालामुखी विस्फोटन हुँदा हजारौं मानिस प्रभावित

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १८ : ०६
स्पेनको ला पाल्मा टापुमा ज्वालामुखी विस्फोटन हुँदा हजारौं मानिस प्रभावित

एजेन्सी । स्पेनको ला पाल्मा टापुमा कुम्ब्रे भिएखा ज्वालामुखी विस्फोटन भएको छ । उक्त ज्वालामुखी विस्फोटन हुँदा हजारौँ मानिस प्रभावित भएको जनाइएको छ ।

केही दिनअघि भूकम्प आएको थियो । उक्त भूकम्पपछि आइतवारदेखि उक्त ज्वालामुखीबाट लाभा बग्न थालेको बताइएको छ ।

समुद्रको पानीमा लाभा पुगेपछि रासायनिक प्रतिक्रिया हुने र त्यसबाट थप विस्फोटन हुने जनाइएको छ । स्थानीय अधिकारीहरूले विस्फोटनपछि विषाक्त ग्यास निस्किने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस