काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ । यस अघि बुधबार नेप्से परिसूचक सय अंक भन्दा बढीले सुधारिएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधारिएको छ ।
बुधबार साढे ६ अर्ब पनि नपुगेको शेयर कारोबार रकम बिहीबार भने ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बिहीबार धेरै जसो बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ ।समूह्गत सवइन्डेक्सहरुमा पनि बैंक २ प्रतिशत भन्दा धेरै बढेको छ भने फाइनान्स पनि झिनो अंकले सुधारिएको छ । बाँकी सबै सबइन्डेक्सहरु घटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा