काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका सर्लाहीका कार्यकर्ताहरुले बिहीबार नाराबाजी गरेका छन् । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् ।
तर सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको भर्नामा बसेकाहरुले बताएका छन् । सर्लाहीका कार्यकर्ताको धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, अमरेशकुमार सिंह पनि पुगेका थिए ।
सर्लाहीको क्रियाशील सदस्यताका विषयमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद छ । पौडेल पक्षले धर्नालाई समर्थन गरेको छ । तर संस्थापन पक्षका प्रदेश मन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको धर्नामा बसेकाहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित