काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे थप छलफल हुने बताईएको छ ।
कांग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन। जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ।
कांग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने कार्यतालिका सार्वजनिक गरेको थियो। अब दसैंअघि पालिका तहको मात्रै अधिवेशन हुने देखिएको छ।
सरकार विस्तार गर्न ढिलाइ हुँदा कांग्रेस र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। सरकार विस्तारको लागि कांग्रेसभित्रको रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहले आफ्नो भागमा कतिवटा मन्त्रालयको संख्या हो प्रस्ट पार्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार