काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे थप छलफल हुने बताईएको छ ।
कांग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन। जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ।
कांग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने कार्यतालिका सार्वजनिक गरेको थियो। अब दसैंअघि पालिका तहको मात्रै अधिवेशन हुने देखिएको छ।
सरकार विस्तार गर्न ढिलाइ हुँदा कांग्रेस र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। सरकार विस्तारको लागि कांग्रेसभित्रको रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहले आफ्नो भागमा कतिवटा मन्त्रालयको संख्या हो प्रस्ट पार्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो