डब्लुएचओले भन्यो : ‘वायु प्रदुषणले वर्षमा ७० लाख मानिसको अल्पायुमै मृत्यु’

एजेन्सी

विहीबार, ०७ असोज २०७८, ०९ : १५
डब्लुएचओले भन्यो : ‘वायु प्रदुषणले वर्षमा ७० लाख मानिसको अल्पायुमै मृत्यु’

काठमाडौं । स्वदेश होस, या विदेश दिन प्रतिदिन शहरीकरण बढ्दो छ । उद्योग, कलकारखानाको निर्माण तिव्रसंगै वायु प्रदुषण पनि ह्वात्तै बढेको छ । बढ्दो शहरीकरणसंगै वायु प्रदूषणले एक वर्षमा  ७० लाख मानिसको अल्पायुमा मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ। 

अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतराको रुपमा वातावरणीय प्रभाव नै भएको छ ।  ‘हरेक वर्ष वायु प्रदूषणले गर्दा ७० लाख अकालमै मृत्यु हुने अनुमान गरिएको छ,  डब्लुएचओले भनेको छ,‘यसले गर्दा लाखौं मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ।’ सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ।

‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ। वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ,’ डब्लुएचओका अधिकारीहरूले भनेका छन्।
 

प्रतिक्रिया दिनुहोस