काठमाडौँ । नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएसंगै भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै जयशंकरले उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।
यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले बताए । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन्, परराष्ट्रमन्त्री खड्का पनि सोही सिलसिलामा न्यूयोर्क प्रस्थान गरेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री दिल्ली जाँदै