इटालीको सिरी ‘ए’ मा युभेन्टसले निकाल्यो पहिलो जित

पत्रपत्रिकाबाट

विहीबार, ०७ असोज २०७८, ०७ : ४१
इटालीको सिरी ‘ए’ मा युभेन्टसले निकाल्यो पहिलो जित

एजेन्सी । युभेन्टसले बुधबार इटालीको सिरी ‘ए’ मा यो सिजनको पहिलो लिग जित निकालेको छ । यसका लागि उसले स्पेजियालाई ३–२ ले हरायो । खेल सकिनु ६ मिनेटअगाडि सेन्टर ब्याक म्याथिज डे लिग्टले युभेन्टसका लागि विजयी गोल गरे । 

यो जितपछि मासिमिलिनो एलेग्रेको टिम अंक तालिकाको १२ औं स्थानमा उक्लेको छ । यसअघि चार खेलबाट दुई अंक बटुलेर युभेन्टस रेलिगेसन क्षेत्रमा थियो ।

बुधबारको अर्को प्रमुख खेलमा एसी मिलानले भेनेजियालाई २–० ले हराएर दोस्रो स्थानमा उक्लिन सफल रह्यो । मिलानको १३ अंक भएको छ । समान १३ अंकमा इन्टर मिलान शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस