माओवादीको स्थायी कमिटी बैठक पेरिस डाँडामा जारी, मन्त्रीको नाम आजै टुङ्ग्याउने तयारी

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १६ : १६
माओवादीको स्थायी कमिटी बैठक पेरिस डाँडामा जारी, मन्त्रीको नाम आजै टुङ्ग्याउने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी गरेको छ ।

आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ ।

सत्ता गठमन्धनमा सहभागी दलहरुमध्ये माओवादीले पनि सरकारमा मन्त्री पठाउने विषयमा टुङ्गो लगाउन नसक्दा अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता भएको छैन ।

आजै सरकारमा मन्त्री पठाउने विषयमा टुङ्गो लगाउने माओवादीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस