उप्रेतीको आधा उज्यालो कवितासङ्ग्रह माथि चर्चा

शनिबार, ०८ बैशाख २०७५, १५ : ५२
उप्रेतीको आधा उज्यालो कवितासङ्ग्रह माथि चर्चा

चितवन । चितवन साहित्य परिषद् र कविडाँडा साहित्य समाजको संयुक्त आयोजनामा कवि भीष्म उप्रेतीको आधा उज्यालो कवितासङ्ग्रह माथि चर्चा गरिएको छ भने वर्तमानमा नेपाली कविताको दिशा र प्रवृतिबारे विमर्श गरिएको छ ।

कवि उप्रेतीको कविता माथि समालोचकहरू सुरेन्द्र अस्तफल, सरिता तिवारी र द्वारिका नेपालले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । यसैगरी समालोचक महेश पौड्यालले वर्तमान नेपाली कविताको दिशा र प्रवृतिबारे प्रकाश पारेका थिए । परिषद्का सल्लाहकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा सुरेन्द्र अस्तफल र एल बी क्षेत्रीको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा परिषद्का उपाध्यक्ष जगन्नाथ पण्डित, सचिव बालकृष्ण थपलियालगायतले मन्तव्य राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस