एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ ।यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ ।
भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ । बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार सम्झौताबारे छलफल जारी रहेको बताइएको छ ।
युरोपियन युनियनबाट बाहिरिएको बेलायतले उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रियामा कुनै असर नपार्न पनि बाइडेनले चेतावनी दिएका छन। बेलायती प्रधानमन्त्री जोन्सनले यसअघि आउँदो आम चुनावअघि अमेरिकासँग व्यापार सम्झौता हुनसक्ने कुरा खुलाएका थिए ।
बाइडेन र जोन्सनबीच यसअघि जी सेभेन सम्मेलनको क्रममा प्रत्यक्ष भेटवार्ता भएको थियो। यस्तै यही वर्ष ग्लासगोमा हुने कोप २६ मा पनि दुई नेताबीच भेट हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ असोज २०७८, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता