एजेन्सी । अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण मेलबर्नसहितका सहरमा भवनहरु भत्किएका छन् ।
स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पका कारण कोही पनि गम्भीर घाइते भएको जानकारी नआएको बताएका छन् । उनका अनुसार अग्ला भवनमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ ।
भूकम्पको धक्का न्यू साउथ वेल्ससहितका क्षेत्रमा पनि महसुस भएको बीबीसीले जनाएको छ । सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि धक्का महसुस भएको थियो ।
भिक्टोरिया राज्यको आपतकालीन सेवाले राज्यका सबै नागरिकले भूकम्पको धक्का महसुस गरेको उल्लेख गर्दै सुनामीको कुनै खतरा नरहेको भन्दै ट्वीट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ असोज २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प