५० हजार धरौटी बुझाएर छुटे राज कुन्द्रा

एजेन्सी

मंगलबार, ०५ असोज २०७८, १२ : ०२
५० हजार धरौटी बुझाएर छुटे राज कुन्द्रा

काठमाडौँ । अश्लिल भिडियो सामग्री बनाएर अनलाईनमा बिक्री गरेको आरोपमा जेल परेका राज कुन्द्रा ५० हजार धरौटी तिरेर रिहा भएका छन्। अदालतले  उनलाई धरौटी लिएर रिहा गर्न भनेकाे थियाे ।

यो मुद्दामा कुन्द्रासँगै अरु केही प्रहरी अनुसन्धानको घेरमा परेका थिए। १९ अगस्टमा कुन्द्रालाई लामो समय सोधपुछ गरिएको थियो। राजकी पत्नी बलिउड अभिनेत्री शिल्पालाई पनि पटक पटक प्रहरी अनुसन्धानकाे क्रममा जवाफ दिनु परेको थियो।

शिल्पाको सकारात्मक पोस्ट

राज कुन्द्रा धरौटीमा रिहा भए लगत्तै उनकी श्रीमती शिल्पाल सेट्टीले इन्स्टाग्राममा सकारात्मक पोस्ट गरेकी छन्। उनले आफूलाई राहत महशुस भएको उल्लेख गरेकी छन्। उनले रोजर लीको भनाई सापटी लिएर लेखेकी छन्, ‘इन्द्रेणी रहीरहनुले हरेक नराम्रो आँधीपछि सुन्दर चिज आउँछ भन्ने कुरालाई प्रमाणित गर्छ।’

अश्लिल भिडियो बनाएर इन्टरनेटमा बिक्री गरेको आरोपमा  प्रहरीले कुन्द्रालाई १९ जुलाईदेखि प्रहरी हिरासतमा राखेको थियो।

 

प्रतिक्रिया दिनुहोस